काठमाडौं । प्रेममा हरेक प्रेमी पागल हुन्छन् भनिन्छ । तर पैसा पाएपछि प्रेमीहरुले जतिबेला पनि आफ्नो प्रेमलाई लत्याउँदा रहेछन् भन्ने कुराको उदाहरण हुन् यी ४२ वर्षीय प्रेमी । जर्मनीमा बस्ने एक प्रेमिकाले आफ्नो ४२ वर्षीय प्रेमी कुर्सत यिलदिरिमले लट्री जित्नेबित्तिकै आफूसँग ब्रेकअप गरेका छन् ।
उनले १ अर्ब ३२ करोडको चिठ्ठा जितेपछि एक व्यक्तिले आफ्नी प्रेमिकालाई छोडिदिए । उनले विलासी जीवन बिताउन थाले । त्यो व्यक्तिले मजाले पार्टी गर्यो, पैसा यताउता खर्च गरे र निकै महँगो कार पनि किने ।
प्रेमीको यस्तो व्यवहार देखेर प्रेमिकाले उनलाई धेरै गाली गरे लगत्तै उनले छाडीदिएका हुन् । कुर्सतले करिब ५ करोडको फेरारी कार किन्न भ्याए ।
आफ्नी ५० वर्षीया प्रेमिकालाई वचा कसम खुवाउँदै डार्लिङ भनेर बोलाउँने उनले पैसा पाएपछि उनी यति धेरै परिवर्तन होलान् भन्ने विश्वास गर्न नसकेको उनकी प्रेमीका बताउँछिन् ।
कुर्सतकी प्रेमीकाका अनुसार उनले १० मिलियन युरो पाएपछि फोन समेत गरेका छैनन् । पछिल्ला दिनमा कुर्सतले आफ्नी प्रेमिका उनको लागि खास भएको बताउँछन् ।