एजेन्सी – मुकेश अम्बानीले इङ्लिस प्रिमियर लिगको क्लब किन्ने तयारी गरेको खबर बाहिर आएको छ । भारतिय मिडियाका अनुसार विश्वका आठौँ धनी व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले फेनवे स्पोर्ट्स ग्रुपले सञ्चालन गर्दै आएको क्लब लिभरपुल चार अर्ब युरोमा किन्ने तयारी गरेको बताइएको छ ।
अम्बानीले लिभरपुल किन्न सक्ने खबरले फुटबल क्षेत्रमा नयाँ तरङ्ग ल्याएको यसको पुष्टि भने हुन सकेको छैन । सन् २०१० देखि क्लब सम्हालेको फेनवेले क्लब बिक्रीका लागि खुला रहेको जनाएको थियो । यद्यपि मुकेश अम्बानीले लिभरपुल किन्न चासो देखाएको यो पहिलो पटक भने होइन ।
यो पनि पढ्नुहोस : आर्सनललाई ५ अंकको अग्रता -आर्सनलले उल्भ्समाथि २-० को जितसहित इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ ।शनिबार सम्पन्न खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ को नतिजा सुम्पिएसँगै आर्सनलसामु अग्रता बढाउने अवसर जुरेको थियो । माइकल अर्टेटाको टोली सो अवसरको सदुपयोग गर्न सफल भयो ।
५५औ मिनेटमा मार्टिन ओडीगार्डले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । ७५औं मिनेटमा ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए ।
आर्सनल १४ खेलमा ३७ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको सिटीभन्दा ५ अंक बढी हो । जारी सिजन आर्सनल प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्ने क्रममा १३ मध्ये १४ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । एक खेलमा भने आर्सनल पराजित भएको थियो ।