मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्च विपन्न महिलाको उपचारमा प्रदान गर्यो — OSNepal

मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्च विपन्न महिलाको उपचारमा प्रदान गर्यो

LC (KTM) June 29, 2021 0

राजविराज- राजविराजमा गठित मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेकद्वारा गठित समूहको बैठकको चियानास्ता खर्च वापत् जम्मा भएको पाँच हजार पाँच सय रुपियाँ राजविराज–९ मलेठकी सियावती मेहतालाई उहाँकै घर पुगेर समूहले प्रदान गरेको हो ।

इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सहजकर्ता दिपक यादव र समूहका सहस्यसहित पुग्नुभएका निगरानी समूहका अध्यक्ष रघुवर साहले उक्त रकम हस्तान्तरण गर्नुभयो ।
उपचार खर्चको अभावमा घरमै बस्नु भएकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताउनुभयो । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका श्रीमान पत्रकार एवं समूहका सदस्य उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर