काठमाडौं । ८५ वर्षीय वृद्ध अचानक अपार्टमेन्टको झ्यालबाट अचानक खस्न लागेका बोला झ्यालको फ्रेममा खुट्टा अड्किएपछि भाग्यले बाँच्न सफल भएका छन् ।
यो घटना हो चीनको शाओगुआनको । अपार्टमेन्टको झ्यालबाट बाहिर झुण्डिँदा त्यहाँबाट जाने मानिसहरू डराएपनि भाग्यवश, वृद्ध कुनै न कुनै रूपमा झ्यालको फ्रेममा अड्किएका थिए । लगत्तै केहीले आपतकालीन सेवामा फोन गरे ।
केही मानिसहरु उनको फ्ल्याटमा प्रवेश गरे र उनको घुँडा वरिपरि कपडा बाँधेर खस्नबाट जोगाए। प्रहरी र दमकलको टोली पनि घटनास्थलमा पुगेर वृद्धको ज्यान बचाएको समाचारमा जनाइएको छ ।
वृद्धलाई उद्धार गर्न आउँदा उनी होशमा रहेको र उनी पीडाका कारण चर्को चिच्याइएको बताइएको छ । स्थानीय सञ्चारमाध्यममा यो बृद्ध व्यक्तिको हालै मस्तिष्कको शल्यक्रिया गरिएको पनि खुलासा भएको छ ।