चार दुग्ध उद्योगमा अनुगमन, म्याद गुज्रिएका सामग्री र प्रशोधन स्थल फोहोर भेटियो — OSNepal

चार दुग्ध उद्योगमा अनुगमन, म्याद गुज्रिएका सामग्री र प्रशोधन स्थल फोहोर भेटियो

LC (KTM) June 29, 2021 0

धादिङ, १५ असार – जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्तरुपमा आज विभिन्न चार दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ ।

अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई रु १० हजार, एन के दुग्ध उद्योगलाई रु १५ महांकाल दुग्ध उद्योगलाई रु १० हजार र खनाल दुग्ध उद्योगलाई रु १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर