आज भक्तपुरमा थपिए ५६ संक्रमित , काठमाडौं र ललितपुरमा कति ? — OSNepal

आज भक्तपुरमा थपिए ५६ संक्रमित , काठमाडौं र ललितपुरमा कति ?

LC (KTM) June 29, 2021 0

काठमाडौं-आज काठमाडौं उपत्यकामा ५ सय भन्दा कम सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६३६ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा भेटिएका सङ्क्रमितको सङ्ख्या ४५८ रहेको छ । जसमा काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० जना रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६९पीसीआर० र ३३ हजार ९४१ ९एन्टिजेन० जना पुगेको छ । त्यस्तै सोही अबधीमा २० जनाको मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर