यसरी नेपाल ल्याइयो माल्टामा मृत्यु भएकी विनिताको शव देख्ने सबै रोए — OSNepal

यसरी नेपाल ल्याइयो माल्टामा मृत्यु भएकी विनिताको शव देख्ने सबै रोए

LC (KTM) November 11, 2022 0

काठमाडौं :माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृत्यु भएकी इलाम सुर्योदयकी विनिता ढुंगेलको शव बिहिबार नेपाल ल्याइएको छ । एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालको विशेष पहलमा ढुंगेलको शव नेपाल ल्याइएको हो । अर्यालको नेतृत्वमा एनआरएनएको सिंगो टिम नै ढुंगेलको शव नेपाल फर्काउने प्रक्रियामा सक्रिय थियो ।

माल्टा पुगे पनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो । तर एनआरएनए अध्यक्ष अर्यालको नेतृत्वमा माल्टामा रहेका नेपालीहरूसँग आर्थिक सहयोग संकलन गरेर शव पठाइएको हो । यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि आवश्यक पहल गरिएको थियो । कुटनीतिक पहल मार्फत् शव फिर्ता पठाउन सफल भएको जनाउँदै अध्यक्ष अर्यालले ढुंगेलको परिवारले नै अन्तिम संस्कार गर्न पाउनु दुखद् घटनाबीच पनि सकारात्मक भएको बताए ।

४५ दिनअघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल पुगेको भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । एनआरएनए माल्टाकै पहलमा ढुंगेलको उपचार भएको थियो । यसैबीच माल्टामै मृत्यु भएका आकास बुलिमको शव पनि नेपाल फर्काउने पहल भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर