काठमाडौं । डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचार गरिने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको तत्काल उपचारका लागि प्रकृया अगाडी बढाउन निर्देशन दिएसँगै उनीहरुको यथाशीघ्र उपचार गरिने भएको हो ।
गृहमन्त्री बस्नेतले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई निर्देशन दिएसँगै तत्काल थप उपचारका लागि प्रकृया सुरु गरिउको छ ।
गृहमन्त्री बालकृष्ण खाँडको सचिवालयका अनुसार गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएका हुन् ।
गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे तत्कालै जानकारी लिउको बताइएको छ । आज बिहान २ बजेर १२ मिनेटमा डोटीको पूर्वीचौकी गाँउपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परेर अहिलेसम्म ६ जनाले ज्यान गुमाएका थिए ।