प्रतिनिधिसभा विघटनका मुद्दा : शुरु भयो नायव महान्यायाधिवक्ता पाण्डेको बहस — OSNepal

प्रतिनिधिसभा विघटनका मुद्दा : शुरु भयो नायव महान्यायाधिवक्ता पाण्डेको बहस

LC (KTM) June 29, 2021 0

काठमाडौँ, १५ असार – सर्वोच्च अदालतमा प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज सरकारकी पक्षकै बहस शुरु भएको छ । आज नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले बहस शुरु गर्नुभएको छ ।नायव महान्यायाधिवक्ता पाण्डेले दुई घण्टा बहस गर्नुहुनेछ । उहाँले राष्ट्रपतिले दुवैको दावी अस्वीकार गर्न मिल्ने नमिल्ने सम्बन्धमा नेपालको संविधानमा भएका व्यवस्थाको विश्लेषण गर्नुहुनेछ । साथै, नेपालको संविधानको धारा ७६ को सरकार गठनमा ह्विप लाग्ने नलाग्ने र फ्लोर क्रससम्बन्धी अन्य देशको व्यवस्थाको बारेमा व्याख्या गर्नुहुनेछ ।

सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहसको गर्नुभयो । उहाँले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राख्नुभएको थियो ।महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दै हुनुहुन्छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर