पंखाको स्वीच थिच्ने क्रममा करेन्ट लागेर ४ वर्षीय किसनको मृत्यु — OSNepal

पंखाको स्वीच थिच्ने क्रममा करेन्ट लागेर ४ वर्षीय किसनको मृत्यु

LC (KTM) June 29, 2021 0

काठमाडौं, १५ असार – सिरहा, लहान नगरपालिका(१७ गोविन्दपुर बस्ने देव कुमार दासको ४ वर्षीय छोरा किसन कुमार दासको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा पंखाको स्वीच थिच्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
त्यस्तै रौतहट, माधवनारायण नगरपालिका(६ माधोपुर बस्ने ३५ वर्षीय जुगल दास तत्माको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । सोही ठाउँ बस्ने विलेचन चौधरीको घरमा विद्युतको लाईन जडान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको सुकदेवचोकस्थित शिवदर्शन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर