वर्तमान सरकारले नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको छ : गौतम — OSNepal

वर्तमान सरकारले नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको छ : गौतम

LC (KTM) June 29, 2021 0

काठमाडौँ १५ असार । नेकपा एमालेका उपाध्यक्ष नेता वामदेव गौतमले वर्तमान सरकारले कृषि क्षेत्रमा दलाल पुँजिवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने र नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको आरोप लगाएका छन् । आज असार १५ धान दिवसको अवसरमा नेता गौतमले एक विज्ञप्ती मार्फत सरकारलाई यस्तो आरोप लगाएका हुन् ।

‘नेपालको संविधान २०७२ अनुसार भूमिसुधार गर्ने, किसानका हक अधिकार सुनिश्चित गर्न जस्ता कार्यक्रमसहित हामी समाजवादतर्फ प्रवेश गर्नुपर्नेमा वर्तमान सरकारले कृषि क्षेत्रमा दलाल पुँजिवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने र नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको’ विज्ञप्तीमा उल्लेख गरिएको छ । नेता गौतमले सरकारले चालेका सम्पूर्ण किसान विरोधी कदम, नेपालको कृषि क्षेत्रलाई तहस नहस पार्ने सम्पूर्ण क्रियाकलापको विज्ञप्ती मार्फत घोर भत्र्सना गरेका छन् ।

नेता गौतमले फेरि एक पटक हामीले किसानका हक, अधिकार र न्यायका पक्षमा संघर्ष गर्नुपर्ने परिस्थिति निर्माण भएको बताउँदै विज्ञप्तीमा भनेका छन् , नेपाली किसान जनताको हित, न्याय र समृद्धिका पक्षमा विगतमा हामीले गरेका संघर्ष र त्यसबाट हासिल उपलब्धी पनि गुम्ने स्थिति भएका कारण फेरि पनि हामीले किसानका हक, अधिकार र न्यायका पक्षमा संघर्ष गर्नुपर्ने परिस्थितिनिर्माण भएको छ । हामी सरकारले अघि सारेका किसान र कृषि क्षेत्र विरोधी सम्पूर्ण गतिविधि सच्याउन अनुरोध गर्दछौं ” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर