कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन तर्फ अघि बढ्नु अहिलेको आवश्यकता : नेपाल — OSNepal

कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन तर्फ अघि बढ्नु अहिलेको आवश्यकता : नेपाल

LC (KTM) June 29, 2021 0

काठमाडौं १५ असार । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत नेता नेपालले आज असार १५ गते राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

नेपालको प्रमुख खाद्यवाली धान नेपालको इतिहास, सभ्यता, संस्कृति र जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्व छ । किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन तर्फ अघि बढ्नु अहिलेको आवश्यकता हो ।

उनले भनेका छन् , ‘नेता नेपालले समयमै मल विउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउने जस्ता किसानहरुले उठाउँदै आएका मागहरु सम्वोधन गर्दै कृषि क्षेत्रको रुपान्तरणका लागि हामी सवैको सार्थक पहल आवश्यक रहेको समेत बताएका छन्’ ।

नेपालले लेखेका छन् , आज असार १५, राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ । नेपालको प्रमुख खाद्यवाली धान नेपालको इतिहास, सभ्यता, संस्कृति र जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्व छ । किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन तर्फ अघि बढ्नु अहिलेको आवश्यकता हो । समयमै मल विउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउने जस्ता किसानहरुले उठाउँदै आएका मागहरु सम्वोधन गर्दै कृषि क्षेत्रको रुपान्तरणका लागि हामी सवैको सार्थक पहल आवश्यक छ । राष्ट्रिय धान दिवसको अवसरमा पुनस् शुभकामना । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर