काठमाडौँ– भारतमा थप ३७६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ३ लाख १५ हजार ९१० पुगेको छ । त्यस्तै भारतमा ५ लाख ५९ हजार २२८ जना संक्रिय संक्रमित छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९०७ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ९ हजार ६०७ व्यक्ति कोरोना मुक्त भएका छन् ।