नयाँ दिल्ली, १९ कात्तिक : शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ । गोपाल मन्दिर नजिकै उनीमाथि गोली लागेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगेकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
सुरीले मन्दिर बाहिर यसको व्यवस्थापनको बिरूद्ध प्रदर्शन गरिरहेकाबेला एक स्थानीय पसलेले पेस्तोलबाट कम्तिमा पाँचवटा गोली हानेका थिए । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ ।
यो पनि : विद्वान भन्छन् हिजो राणा र राजाको तानाशाही प्रवृत्तिविरुद्ध लडेका काङ्ग्रेसका युवा उम्मेदवारलाई जिताउनुहोस : नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले होइन हिजो राणा, राजाको तानाशाही प्रवृत्तिविरुद्ध लडेका युवाहरु अधिकांश काँग्रेसीहरु भएकाले उनीहरुको संघर्षलाई छाडेर अघि बढ्न नमिल्ने बताएका छन् ।
नेपाल तरुण दल जिल्ला कार्यसमिती कैलालीले गरेको चुनावी अभियान अन्तर्गत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता काँग्रेसमा दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अबस्था नरहेको भन्दै काँग्रेसमा कै्रयौँ युवा उम्मेद्धवारहरु भएको बताएका छन् ।
नेता गुरुगंले ‘नेपाली काङ्ग्रेसले पनि थुप्रै युवा उम्मेदवार उठाएको बताउँदै घण्टी ,लौरो र विभिन्न नाममा चुनावकै लागि मात्रै आएकाहरुलाई होइन हिजो राणा, राजाको तानाशाही प्रवृत्तिविरुद्ध लडेका काङ्ग्रेसका युवा उम्मेदवारहरुलार्इ जिताउन निर्देशन दिउका छन् ।
अध्यक्ष गुरुङले भने,‘ दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अवस्था छैन। इतिहास कोर्न हिजोको दिनमा कस्को वलिदान, त्याग र समर्पण छ मुल्यांकन गर्नुहोला।’ उनले कांग्रेस र सत्ता गठबन्धनबाट आवश्यक मात्रामा युवालाई उम्मेदवार बनाएको बताए ।