मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले ओटिटी प्लेटफर्मको विकाससँगै चलचित्र उद्योगमा केही मानिसको एकाधिकार तोेडिएको बताएकी छन् । उनले बलिउडमा रहेको एकाधिकारलाई ओटिटीको बढ्दो ग्राफले तोडेको उल्लेख गर्दै उनले मनोरञ्जन दुनियाँमा लोकतान्त्रिक व्यवस्था बदलिएको जिकिर गरेकी हुन् । उनले भनेकी छन्, ‘ओटिटीले भारतीय मनोरञ्जन दुनियाँलाई मात्र बदलेको छैन, यसले नयाँ प्रतिभालाई अवसर पनि प्रदान गरेको छ ।’
उनले डिजिटल प्लेटफर्मले बलिउड नगरीमा चलिरहेको मनोमानीलाई सकिरहेको बताएकी छन् । उनले भनेकी छन्, ‘यो भन्दा अगाडि केही मानिसको इशारामा बलिउड चल्ने गर्दथ्यो ।सौर्य दैनिकमा खबर छ ।
तर, ओटिटीका कारण नयाँ प्रतिभा, नयाँ लेखकले राम्रो स्थान पाइरहेका छन् । पहिला केही मानिसहरुका कारण यो रोकिएको थियो ।’ अभिनेत्री प्रियंकाले यसले भारतीय चलचित्रको विकासमा ठूलो भूमिका खेल्ने विचार व्यक्त गरेकी छन् । उनले बलिउड सधै एउटै फर्मुलामा चलिरहेको भन्दै ओटिटीको विकाससँगै नयाँ नयाँ कथामा चलचित्र बन्न थालेको जिकिर समेत गरेकी छन् ।