घोडेपानीमा घोडादौड प्रतियोगिता — OSNepal

घोडेपानीमा घोडादौड प्रतियोगिता

LC (KTM) November 03, 2022 0

म्याग्दी-म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज भएको तेस्रो घोडादौड प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ ।अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्कबाट घोडेपानीसम्मको सात दशमलव पाँच किलोमिटर दूरी २५ मिनेट ३८ सेकेन्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो । पच्चीस मिनेट ३८ सेकेन्डमा दूरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गरेर तेस्रो हुनुभएको हो ।

घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको प्रतियोगितामा विजयी भएका गुरुङको घोडा दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । प्रथम, द्वितीय र तृतीयलाई क्रमश रु ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा आयोजित प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताउनुभयो । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर