‘खाना मिठो थियो मैले खाएँ’ भन्दै डेलिभरी ब्वायले नै ग्राहकको खाना खाइदिएपछि — OSNepal

‘खाना मिठो थियो मैले खाएँ’ भन्दै डेलिभरी ब्वायले नै ग्राहकको खाना खाइदिएपछि

LC (KTM) November 03, 2022 0

काठमाडौं । ‘खाना मिठो थियो मैले खाएँ’ भन्दै डेलिभरी ब्वायले कम्पनीलाई लखेखेको म्यासेज रातारात भाइरल बनेको छ । डेलिवरी ब्वाय र ग्राहकबीचको यो च्याटको स्क्रिनसट सामाजिक सञ्जालमा आएसँगै यो स्क्रिन सर्ट विश्वभर भाइरल बनेको हो ।

अनलाइन खाना अर्डर गरेर उनी डेलिभरीको पर्खाइमा बसे तर खाना ल्याउने मान्छेले नै खाना खाइदिएपछि रिसको झोकमा खाना अर्डर गरेका ति ब्यक्तिले नै यो स्क्रिन अर्ट बाहिर ल्याइदिएका हुन् ।

अनलाइन फूड डिलिवरी कम्पनी डेलिभरुका कर्मचारीको म्यासेज पढेपछि ग्राहकले तिमी एकदमै नराम्रो मान्छे हौ । यसको जवाफमा उसले भन्यो९ मलाई यसको मतलब छैन भनेर प्रतिक्रिया दिएका छन् ।

लियाम ब्यागनलले ट्विटरमा डेलिभरी ब्वाईसँगको आफ्नो च्याटको स्क्रिनसट सेयर गरेका छन्। उनको यो ट्विटलाई अहिलेसम्म १ लाख ८० हजारभन्दा बढीले लाइक गरेका छन् । यसमा हजारौं प्रयोगकर्ताले प्रतिक्रिया पनि दिएका छन् । डेलिभरुले पनि लियामको ट्वीटको जवाफ दिएको छ। डेलिभरुले लेखेको छ – यो कुरा हाम्रो जानकारीमा ल्याउनुभएकोमा धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर