काठमाडौं, १७ कात्तिक -बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा आज (बिहीबार) नेपाल र भुटान भिड्दैछन् ।अपराह्न सवा ४ बजे सुरु हुने खेल अघि प्रशिक्षक भगवती रानाले नेपालको प्लेईङ सेट सार्वजनिक गरेकी छिन् ।
भुटानविरुद्ध कप्तान दीपा रोकायाले नेपालको अग्रपंक्तिको जिम्मेवारी पाएकी छिन् । यसैगरि गोलपोष्टको जिम्मेवारी सुजता तामाङलाई दिइएको छ ।
ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो ।
यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० अन्तरले पराजित गरेको थियो ।डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागीता रहेको छ । शीर्ष टोलीले उपाधी जित्नेछ ।
नेपाली टोली
गोलकिपरः सुजता तामाङ
रक्षकः सिता रोकाया, विपना स्नेही, अमिता भुल, सिम्रन राई,
मिडफिल्डरः सुशीला केसी, रेबिका नेपाली, सुक्रिया मिया,
स्ट्राइकरः समीक्षा मगर, दीपा रोकाया (कप्तान), वर्षा ओली,