सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस — OSNepal

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

LC (KTM) November 03, 2022 0

काठमाडौं, १७ कात्तिक:नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरे ।

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । मंगलबार सन्दीपको बयान गराइएको थियो । बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ। अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ ।

यो पनि : रियल मड्रिड शीर्षस्थानमा :सेन्टिकलाई ५(१ अन्तरले हराउँदै रियल मड्रिडले समूह एफ मा शीर्ष स्थान पक्का गरेको छ ।बुधबार रातिको जितसँगै रियल १३ अंक सहित शीर्षस्थानमा रहेको हो । १२ अंक बनाएको आरबी लाइपजिक दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको सख्तर डोनेस्कको ६ र चौथो स्थानको सेल्टिकले दुई अंक मात्र जोड्यो । सख्तर र सेल्टिक समूह चरणबाट माथि बढ्न असफल भएका छन् ।

घरेलु मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिक, रोड्रिगो, मार्को एसेन्सियो, भिनिसियस जुनिअर र फेडेरिको भाल्भल्डेले समान एक(एक गोल गरेका थिए । सेल्टिकको लागि जोटाले एक गोल फर्काएका हुन् । राति नै भएको खेलमा लाइपजिकले सख्तर डोनेस्कलाई ४ ० ले निराश पार्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर