काठमाडौं । रेष्टुरेण्टमा गएर खाना, खाजा खाएर पैसा नतिरी भाग्ने समुहको प्रहरीले खोजी गरिरहेको छ । खबर हो बेलायतको नर्थ योर्कशायरको । जहाा ६ जनाको समूहले चर्को पार्टी गरेर पैसा नतिरी भागेको भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो ।
उनीहरू पछाडिको ढोकाबाट दौडिरहेको भिडियो रेष्टुरेन्टका मालिकले सार्वजनिक गरेका हुन् । रेस्टुरेन्ट सञ्चालकले प्रहरीमा उजुरी समेत गरेका छन् । प्रहरीले अहिले उनीहरुको खोजी गरिरहेको छ । भिडियोमा पार्टी गर्ने समुह पालैपालो रेस्टुरेन्टबाट बाहिर कसरी भागेको छ भनेर हेर्दा जो कोहीको पनि हाँसो छुट्नेछ ।
भुक्तानी नपाएको खण्डमा सोमबार बाँकी फुटेज प्रहरीलाई बुझाएर कारबाही गरिने मालिकले बताए । अहिले फरार ग्राहकहरुको खोजी भइरहेको छ । यससँगै भागेका ग्राहकको खोजीमा सहयोग गरि ९२७० पाउण्ड अर्थात करिब ५० हजार रुपैयाँको बिल उपलब्ध गराउन पनि मालिकले अपिल गरेका छन् ।