बलिउडकी आईटम गर्ल राखी सावन्त आफ्नो हर्कत र भनाई लाई लिएर सधै चर्चामा रहने गरेकी छिन् । एकपटक फेरी सलमान खानलाई लिएर उनले जुन अभिब्यक्ति दिईन् त्यो एकदमै गसिपको बिषय बनेको छ ।
उनले आफुलाई हाई सोसाईटीवाला बन्न कुनै शोक नभएको प्रतिक्रिया दिएकी छिन् । उनले आफु जस्तो छु त्यस्तै स्विकार गर्न उनले सबैलाई आग्रह समेत गरेकी छिन् । यसको साथमा उनले सुपरस्टार सलमान खान र भगवानलाई पनि जोडेकी छिन् ।
उनले आफुलाई सलमान खान र भगवानले समेत जस्तो छ त्यस्तै स्विकार गरेको बताएकी छिन् । यसलाई उनीहरुले आफै बदल्न नचाहेको उनको दाबी छ । उनले एक अन्र्तबार्ताका क्रममा भनेकी छिन्– मान्छे कति समयसम्म देखाईरहन सक्छ ?
मानिसहरुको झुट कति बेर सम्म टिक्छ ? यसैले म कहिले त्यो बन्ने कोशीस गरिन् जुन म होईन् । म जस्तो छु त्यस्तै स्विकार गर्नु । सलमान खानले, बिगबोसले, फ्यान तथा भगवानले मलाई स्विकारेका छन् ।