विबाहकै दिन बेहुलीले बच्चा जन्माएपछि सबै दंग परे, तर विबाह बच्चा जन्मिसकेपछि धुमधामले गरियो — OSNepal

विबाहकै दिन बेहुलीले बच्चा जन्माएपछि सबै दंग परे, तर विबाह बच्चा जन्मिसकेपछि धुमधामले गरियो

LC (KTM) November 02, 2022 0

काठमाडौं । विवाहको दिन अचानक बेहुलीले बच्चा जन्माएको कतै सुन्नु वा देख्नु भएको छ ? यो अपत्यारिलो खबर हो नेदरल्याण्डको डोड्रेचको हो । जहाँ भव्य विवाह समारोह चलिरहेका बेला बेहुलीलाई ब्यथा लागेर आकस्मिक अस्पताल लगिन्छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार बेहुली पहिले नै गर्भवती थिइन्। तर निकोल र मार्कले विवाह गरेपछि मात्र बच्चा जन्माउने सोचेपछि उनीहरु विबाहको योजनामा लागे ।

निर्धारित मितिभन्दा धेरै अघि नै विवाहको मिति तय गरेको भएता पनि प्रसव अघि दम्पतीको विवाह योजना असफल भयो। विबाह अगावै सोही दिन बच्चा जन्मिएपछि योजना परिवर्तन गर्नुपरेको थियो । तर विशेष कुरा यो हो कि यस कारणले यो जोडीको विवाह रोकिएको छैन।

सुत्केरी पछि दम्पतीले सोही दिन शहरको अल्बर्ट स्विट्जर अस्पतालमा विवाह गरेको समाचारमा जनाइउको छ । बच्चा जन्मेको सोही दिन अस्पतालको प्रार्थना कक्षमा दम्पतीले विवाह गर्दा उनीहरुका आफन्त र मिडियाकर्मीको उपस्थिती रहेको बताइन्छ । निजामती रजिष्ट्री अधिकारीहरू पनि विवाह दर्ताका लागि अस्पताल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर