प्रधानमन्त्री ज्यु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट हो ? : प्रवक्ता शर्मा — OSNepal

प्रधानमन्त्री ज्यु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट हो ? : प्रवक्ता शर्मा

LC (KTM) June 28, 2021 0

काठमाडौं १४ असार । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रति आपत्ती जनाएका छन् । ओलीले बालुवाटारमा आयोजित मदन भण्डारीको ७०औं जन्मजयन्तीको एक कार्यक्रममा प्रचण्ड , शेरबहादर देउवा तथा माधव नेपालको कडा आलोचना गरेको थिए ।

प्रचण्ड पथमा देउवा उभिएको समेत आरोप लगाएका थिए । यही विषयमा प्रवक्ता शर्माले ट्वीटर मार्फत ओलीलाई प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक रु साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्,माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ? सम्माननिय प्रधानमन्त्री ज्यु विनम्रसंग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्टझ ?”

प्रवक्ता शर्माले लेखेका छन्–प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ? सम्माननिय प्रधानमन्त्री ज्यु विनम्रसंग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर