सिन्धुपाल्चोक पुगेर सन्दिप लामिछानेले गरे पहिरो प्रभावितलाई सहयोग — OSNepal

सिन्धुपाल्चोक पुगेर सन्दिप लामिछानेले गरे पहिरो प्रभावितलाई सहयोग

LC (KTM) June 28, 2021 0

सिन्धुपाल्चोक, १४ असार – नेपाली लेग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदिका पहिरोपीडितलाई सहयोग गर्दै । गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउनका लागि आवश्यक सामग्री सहयोग गर्नुभएको हो ।

सोमबार चौतारा पुगेर सो सहयोग जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएको सामग्रीहरुमा जस्ता, फलामे ट्रस, पोल लगायत छन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद् व्यवस्थापन समितिको पहलमार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामग्री प्राप्त भएको जानकारी दिनुभयो । तस्वीर देवराज सुवेदी÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर