काठमाडौँ- विश्वकै लामो यात्रुवाहक रेल बनाएर स्वीट्जरल्याण्डले कीर्तिमान राखेको छ। यात्रुवाहक रेलमा एक सय डिब्बा थिए, जुम एल्प्सको पहाडमा चलेको थियो। यो रेलको लम्बाइ करिब दुई किलोमिटरको छ।
ट्जरल्याण्डको प्रसिद्ध रेलवे प्रणालीको १७५ औं वार्षिक अवसरमा विश्वको सबैभन्दा लामो यात्रुवाहक रेलको रेकर्ड तोडेको घोषणा गरेको हो। सन् १९९० को दशकमा अनौपचारिक रुपमा सबैभन्दा लामो यात्रुवाहक रेलको बेल्जियम रेर्कट तोड्दै स्वीट्जरल्याण्डले कीर्तिमानी रच्न सफल भएको हो । शनिबार स्वीट्जरल्याण्डले यो कीर्तिमान राखेको हो । रेलले लामो सर्पाकार अल्बुलारबर्निना मार्गमा यात्रा गरेको थियो।
जसलाई युनेस्कोले आफ्नो विश्व सम्पदा सूचीमा राखेको छ। यो रेलमा १५० यात्रु सवार थिए। जसले ५ किलोमिटरको यात्रा तय गरेको थियो । यो यात्राको क्रममा रेलले २२ ओटा पहाडी सुरुङ र ४८ पुल पार गरेको थियो। रेललाई करिब तीन हजार मानिसले ठूलो स्क्रिनबाट हेरेका थिए।