पछिल्लो २४ घण्टामा भक्तपुरमा थपिए ४७ संक्रमित, काठमाडौं र ललितपुरमा कति ? — OSNepal

पछिल्लो २४ घण्टामा भक्तपुरमा थपिए ४७ संक्रमित, काठमाडौं र ललितपुरमा कति ?

LC (KTM) June 28, 2021 0

काठमाडौं, असार १४ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्य काठमाडौं उपत्यकामा ५१४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जना संक्रमित थपिएका हुन् ।त्यस्तै सोही अबधीमा ३ हजार ८५३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर