कोरोना संक्रमितकोे उपचारमा प्रयोग हुने रेम्डिसिभिर नेपालमै उत्पादन सुरु, मूल्य कति ? — OSNepal

कोरोना संक्रमितकोे उपचारमा प्रयोग हुने रेम्डिसिभिर नेपालमै उत्पादन सुरु, मूल्य कति ?

LC (KTM) June 28, 2021 0

काठमाडौं-कोरोना संक्रमितकोे उपचारमा प्रयोग हुने औषधी रेम्डिसिभिर नेपालमै उत्पादन सुरु गरेको छ । नेसनल हेल्थकेयर वीरगञ्जले औषधी उत्पादन सुरु गरेको हो । औषधि व्यवस्था विभागबाट ०७८ वैशाख ३१ गते नेपालमै उत्पादन अनुमति पाएपछि उत्पादन सुरु गरेको हो ।

नेसनलले उत्पादन गरेको रेम्डिसिभिरको ब्रान्ड नाम रेम्सिभिर दिइएको छ ।रेम्सिभिरको बजार व्यवस्थापन ओटिभा डिभिजनका वितरकहरुले गर्ने उत्पादक नेसनल हेल्थकेयरले जनाएको छ ।

जसको खुद्रा मूल्य ३ हजार ५०० प्रतिभाइल रहेको छ । यसअघि उक्त औषधि सरकारले बंगलादेशबाट ल्याई चार हजार नौ सय रुपैयाँ प्रतिभाइल बिक्री भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर