तीन विद्यार्थी संगठनले विभिन्न माग राख्दै ,पाटन संयुक्त क्याम्पसमा तोडफोड — OSNepal

तीन विद्यार्थी संगठनले विभिन्न माग राख्दै ,पाटन संयुक्त क्याम्पसमा तोडफोड

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड गरेका छन् । विभिन्न माग राख्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस तोडफोड गर्नुको साथै कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।

क्याम्पस प्रशासनले बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा विद्यार्थी संगठनसँग सल्लाह नै नगरी सार्वजनिक गरेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएको हो ।९६ जनाको बीएससी सीएसआईटी कोटामा यसअघि नै ८० जनाको नाम दुई चरणमा गरी प्रकाशित भइसकेकामा क्याम्पस प्रशासनले हिजो आइतबार अनलाइन प्रविधिबाट तेस्रो चरणमा १६ जनाको नाम प्रकाशित गरेको थियो ।

कोरोनाको महामारीले गर्दा भौतिक रुपमा कक्षा सञ्चान नभएको भन्दै स्नातक तहका सबै संकायको शुल्क मिनाह गर्नुपर्ने तथा परीक्षा फारम भर्न छुटेका विद्यार्थीको फारम भर्न दिनुपर्ने माग समेत राख्दै विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर