अमेरिकामा रहेका नेपालीले मनाए भाइटिका ( तस्बिरहरु सहित) — OSNepal

अमेरिकामा रहेका नेपालीले मनाए भाइटिका ( तस्बिरहरु सहित)

LC (KTM) October 28, 2022 0

विजय थापा,वाशिंगटन डिसी । नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड भाईटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपाल कै समय अनुसार ११ :३७ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा भाइटिका लगाईएको छ ।

चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ मनाईएको छ । बिहिबार कामको दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई मनाएका छन् । बिदा नमिल्नेलहरुले काम बाट फर्के पछि भाईटीका मनाएका छ ।

अमेरिकाको नागरिकता प्राप्त गरे पछि आफ्ना बुवाआमा/दिदीबहिनी/दाजुभाई समेतलाई बोलाउन सकिने हुनाले अधिकांशका दाजुभाई दिदिबहिनि अमेरिकामा रहेको कारण धेरैले टीका समय मै लगाएका छन् ।

नेपाली समुदायले चाडपर्वलाई नेपालमा जस्तै गरि काग तिहार देखि नै भाईटीका सम्म ५ दिन झिलीमिलि बनाएर नेपाल कै जस्तै गरि सामाग्री तयार गरि दाजुभाईलाई दिदि बहिनिले दिएका छन् ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् । अमेरिकामा सेलरोटी ,खसीको मासु ,आलुको अचार ,र नेपाली परिकारका खानाहरु आफ्ना दाजुभाईलाई दिदीबहिनिहरुले खुवाएका छन् । दाजु भाईले पनि दिदी बहिनीलाई बन्द खाम भित्र पैसा तथा अन्य चिजहरु दिएका छन । अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका बालबालिकाहरु रमाउदै मनाएका छन् । पुरुषहरु अधिकांशले दौरा सुरुवाल ,नेपाली पोशाकको साथै आफ्ना सन्तानहरुलाई पनि नेपाली पोशाक लगाई दिएका छन् ।

टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले समय अनुकुल पारेर कामबाट आएर साँझ देखि राती सम्म भाईटीका लगाएका छन । अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै एक घण्टा ,कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाईटीका मनाएका छन् । र यो क्रम अझै जारी रहेको छ ।अमेरिकाका विभिन्न राज्यहरुमा देउसी भैलो कार्यक्रमहरु गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर