ओलीको आक्रोश : प्रचण्डको पुच्छर नेपाललाई प्रधानमन्त्री बनाउन मलाई बहुला कुकुरले टोकेको छ र ? — OSNepal

ओलीको आक्रोश : प्रचण्डको पुच्छर नेपाललाई प्रधानमन्त्री बनाउन मलाई बहुला कुकुरले टोकेको छ र ?

LC (KTM) June 28, 2021 0

काठमाडौंँ १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुच्छर भएको टिप्पणी गरेका छन् । आज सोमबार मदन भण्डारीको औँ जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रमा नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले नेपालमाथि यस्तो आलोचना गरेका हुन् ।

आफुले प्रधानमन्त्रीको लागि नेपाललाई प्रस्ताव राखेको विषयमा खण्डन गर्दै ओलीले भने , धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ? मलाई बहुला कुकुरले टोकेको छ र ? अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ? ’

कार्यक्रममा ओलीले प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने यति सम्म पनि पतन हुने कुरा नेपालले स्पष्ट पारेको बताएका छन् ।

कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने , कार्यक्रमा ओलीे भनेका छन्, यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर