सरकारको प्रतिरक्षा गर्दै अधिवक्ता बडालले भने, संसद विघटनको मुद्धा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र पर्दैन — OSNepal

सरकारको प्रतिरक्षा गर्दै अधिवक्ता बडालले भने, संसद विघटनको मुद्धा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र पर्दैन

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । संसद विघटन विरुद्ध परेको संवैधानिक इजलासमा जारी बहसमा आजबाट सरकारको प्रतिरक्षा गर्दै विपक्षबाट महान्यायाधीवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । विपक्षी तर्फबाट पनि बहस गर्नलाई १५ घण्टाको समय दिइएको छ । सरकारको प्रतिरक्षा गर्दै बहस सुरु गरेको अधिवक्ता बडालले संसद विघटनको मुद्धा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र नपर्ने दावी गरेका छन् ।

बडालको बताएका अनुसार यो मुद्धा संवैधानिक इजलासमा आउनका लागि संविधानको धारा १३७ अनुसार लागि संघ र प्रदेश बीचको विवाद वा संघ र स्थानीय तह बीचको विवाद हुनुपथ्र्यो ।
मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र नपर्ने बताएका छन् । संविधानको धारा १३७ अनुसार यो मुद्दा संवैधानिक इजलासमा आउनका लागि संघ र प्रदेश बीचको विवाद वा संघ र स्थानीय तह बीचको विवाद भएको हुनुपर्ने उनको तर्क छ ।

रिट निवेदकहरुले अदालतलाई गुमराहमा पारेको आरोप लगाएका बडालले भने, ‘तर, दुर्भाग्य उहाँहरु जुन धारा टेकेर यहाँ आउनुभयो त्यो धारा अनुसारको माग दावी नै छैन । अदालतलाई गुमराहमा पार्नुभयो । १३७ (३) बमोजिम प्रधान न्यायाधीशबाट कुनै आदेश भएको छैन । अरु इजलासमा पेश भएको मुद्दा यो इजलासमा आउने बाटो भनेको १३७ (३) हो तर, त्यो बाटोबाट यो इजलासमा मुद्दा आएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर