दलितको विषयमा आवेगात्मक ढंगले हैन विवेकसंगत ढंगले सोचौँ : बाबुराम — OSNepal

दलितको विषयमा आवेगात्मक ढंगले हैन विवेकसंगत ढंगले सोचौँ : बाबुराम

LC (KTM) June 28, 2021 0

काठमाडौं १४ असार । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले दलितको विषयमा आवेगात्मक ढंगले हैन विवेकसंगत ढंगले सोच्न आग्रह गरेका छन् । नेता भट्टराईले ट्वीटर मार्फत यस्तो आग्रह गरेका हुन् ।

युगौंदेखिको विभेदपूर्ण वर्णाश्रम व्यवस्थाबाट बनेको हाम्रो चेतना,संस्कार,अर्थतन्त्र,ऐनकानून र राज्यप्रणाली बदल्न आवश्यक रहेको बताएका भट्टराईले भनेका छन्, ‘देशमा दलितहरूको अवस्था कति तल छ ? किन छ ?कसरी यसको अन्त्य गर्ने ? युगौंदेखिको विभेदपूर्ण वर्णाश्रम व्यवस्था र त्यसैको जगमा बनेको हाम्रो चेतना,संस्कार,अर्थतन्त्र,ऐनकानून र राज्यप्रणाली नबदलेसम्म यसको समाधान होला ? जो होचो उसको मुखमा घोचो नगरौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर