काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै डलरको भाउ बढ्नु तथा रुस युक्रेन युद्ध लम्बिनुका कारण महँगी घट्न सकेको छैन भने सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिँदा पनि विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएन ।
गत भदौमा ३.४९ प्रतिशत रहेको मूल्यवृद्धि दर यसपालिको भदौमा ८.६४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेकाे थियाे । दाेस्रो, महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत पुगेकाे छ । भदौको मूल्यवृद्धि गत ६ वर्षकै उच्च हो ।
गत आर्थिक वर्षमा पनि महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबु भन्दा बाहिर गएका कारण विगत ६ वर्षयताकै सबै भन्दा बढी मूल्यवृद्धि भएको थियो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।