काठमाडौँ– भारतमा थप ४६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २१औँ दिन हो । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४६ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड २ लाख ७८ हजार ९६३ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ७९ हजार ९४२ जना संक्रिय संक्रमित छन् । त्यसै गरी सोही अबधीमा ९८१ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ९६ हजार ७६१ पुगेको छ ।