काठमाडौं । फिल्म ‘महापुरुष’ले सोमबार पोखरामा प्रचार कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा रचना भक्कानिएर राएको दृय अहिले भाइरल बनेको छ । उक्त कार्यक्रममा , कमेडियन विकास अर्यालले टिकटक सेलिब्रिटीलाई लक्षित गर्दै टिकटक चलाएर इज्जत बेचेको भनेर कटाक्ष गरे ।
उक्त कार्यक्रममा उनले रचनाले टिकटकबाट इज्जत बेचेको भन्दै व्यंग्य गरे । आफूलक्षित व्यंग्य सुनेपछि रचना स्टेजमै रोएकी हुन् । आफूलक्षित व्यंग्य सुनेपछि रचना रुँदै स्टेजबाट बाहिरिइन् ।
उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै रचना रुँदै बाहिरिएकी हुन् । त्यसपछि अर्यालले माफी मागेका थिए । रचनाको नाम लिएरै माफी मागेपछि कार्यक्रम अघि बढेको थियो । उक्त कार्यक्रममा सुमन कार्की, गायक निशान भट्टराईले पनि मनोरन्जन दिइरहेका थिए ।