पर्वत – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज पर्वतमा भएको कराँते प्रतियोगितका चार विधाका खेलहरू सम्पन्न भएका छन् । महिला ४५ केजी तौल समूहमा नेपाल प्रहरीका सविना श्रेष्ठले स्वर्ण पदक र प्रदेश नम्बर १ का गायत्री बलमपाकीले रजत पदक हात पार्न सफल हुनुभएको छ । महिला ५५ केजीमा नेपाल पुलिसका जिया कार्कीले स्वर्ण पदक प्राप्त गर्दा लुम्बिनी प्रदेशका वर्षा बुढामगरले रजत पदक प्राप्त गर्नुभएको हो ।
पुरुषतर्फको ५० केजीमा सुदूरपश्चिम प्रदेशका आनन्द कार्कीले स्वर्ण पदक प्राप्त गर्दा बागमती प्रदेशका अनिल उपरकोटीले रजत पदक प्राप्त गर्नुभएको छ । यस्तै पुरुष ५५ केजीमा एपीएफका विजय श्रेष्ठले स्वर्ण पदक हात पार्दा नेपाल आर्मीका राकेश लामाले रजत पदक हात पार्न सफल हुनुभयो । उन्नाइस विधामध्ये १७ वटा विधाका कराँते खेलहरू सकिएका छन् । बुधबार महिला र पुरुष फाइटसहित सबै प्रतियोगिताहरू सम्पन्न हुनेछन् ।