जड्याहा यात्रुले विमान परिचरको औँला टोकिदिए आपतकालीन अवतरण — OSNepal

जड्याहा यात्रुले विमान परिचरको औँला टोकिदिए आपतकालीन अवतरण

LC (KTM) October 18, 2022 0

जाकार्ता, १ कात्तिक:एउटा अचम्मको घटनामा इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको छ । उक्त विमान इस्तानबुलबाट जाकार्ताका लागि उडेको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको घटनाको भिडियोमा एक व्यक्तिले प्लाष्टिक ह्यान्डकफ लगाएका परिचरलाई मुक्का प्रहार र औँला टोकिदिएका थिए ।

जाकार्तामा अवतरण गर्ने तालिका रहेको उक्त विमानलाई मलेसियाको क्वालालम्पुर डाइभर्ट गरेर कउलानामु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । एक्सप्रेसका अनुसार मादक पदार्थ सेवन गरेका ती यात्रुले परिचरको औंला टोकेका थिए । उनलाई उडान परिचारकहरूले आफूलाई शान्त पार्न चेतावनी दिएका थिए । तर, उनले बोर्डमा रहेका स्टाफका एक सदस्यको औंला टोकिदिएका थिए । यसैबीच, कर्मचारीको कार्य कुनै पनि हिसाबले कम्पनीको मूल्य प्रतिबिम्बित नगर्ने टर्किस एयरलाइन्सले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रत्यक्षतर्फकाे मतपत्र छपाइ सकियो :ठमाडौं, १ कार्तिक । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ । दुई प्रदेशमा रहेका प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको हो ।

निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छन् ।समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइ वितरण सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर