मोटरसाइकल अनियन्त्रित भई विद्युत्को पोलमा ठोक्किदा सीतारामको ज्या न गयो — OSNepal

मोटरसाइकल अनियन्त्रित भई विद्युत्को पोलमा ठोक्किदा सीतारामको ज्या न गयो

LC (KTM) June 27, 2021 0

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृ त्यु भएको छ । गौरीगङ्गा नगरपालिका– ३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको मृ त्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुका अनुसार चौधरी सवार मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउमै रहेको विद्युत्को पोलमा ठोक्किन जाँदा दु र्घटना भएको थियो ।

मानव अधिकार रक्षक संजालद्वारा ध्यानाकर्षण पत्र प्रस्तुत – मानव अधिकार रक्षक सञ्जाल बझाङले आइतबार प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोनाका कारण बझाङ जिल्ला पनि प्रभावित भएसँगै ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने व्यक्तिहरु प्रभावित भएकाले कोरोना सङक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

मानव अधिकार रक्षक संजालका संयोजक भीम रसाइलीले प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी समक्ष बुझाउनु भएको ध्यानाकर्षण पत्रमा कोरोनाविरुद्धको खोप सबै जनताले लगाउन पाउनुपर्ने, ग्रामीण क्षेत्रमा अझै रुघा, खोकी, ज्वरोका बिरामीहरु धेरै भएकाले परीक्षणको दायरा बढाउनु पर्ने, सरकारले जारी गरेको निशेधाज्ञका कारण ज्याला मजदूरी गर्नेहरु मारमा परेकाले उनीहरुलाई राहतका कार्यक्रमहरु ल्याउने पर्ने, दीर्घ रोगीलाई चाहिने आवश्यक औषधिको आपूर्ति गर्नुपर्ने माग गरिएको छ ।

अपाङ्गता, जेष्ठ नागरिक, बालबालिका, महिलाको स्वास्थ्य सुरक्षाको स्थानीय तहबाट विशेष पहल गरिनुपर्ने, कालोबजारीका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएकाले बजार अनुगमनलाई तीब्रता दिनुपर्ने, असार पहिलो सातादेखि परेको अविरल वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन गरी पीडितलाई राहत लगायतका अन्य सेवाहरुको व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ । मानव अधिकार रक्षक सञ्जाल बझाङको अगुवाइमा जिल्ला खाद्य अधिकार सञ्जाल, जिल्ला गैसस महासङ्घ, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, फोटो पत्रकार महासङ्घ जिल्ला शाखा र इन्सेक प्रतिनिधिको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको सञ्जालका संयोजक रसाइलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर