कोपा अमेरीका फुटबलमा २ खेल हुदै , अपराजित ब्राजिल ईक्वेडर संग भिड्दा भेनेजुएलाले पेरुको सामना गर्ने — OSNepal

कोपा अमेरीका फुटबलमा २ खेल हुदै , अपराजित ब्राजिल ईक्वेडर संग भिड्दा भेनेजुएलाले पेरुको सामना गर्ने

LC (KTM) June 27, 2021 0

युरोकप संगै चर्चामा रहेको कोपा अमेरिका फुटबलमा भोली बिहान इक्वेडर संग खेल्दैछ । समूह चरणको अन्तिम खेलमा ब्राजिलले इक्वेडरसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
भोली बिहान पौने ३ बजे ओलम्पिक स्टेडियममा हुने खेलमा यी दुई टोलीबीच प्रतिष्पर्धा हुनेछ । यसअघिका ३ खेलमा शतप्रतिशत नतिजा निकालेको ब्राजील इक्वेडरविरुद्ध मैदान उत्रदा चौंथो जित निकाल्ने योजनामा हुनेछ । अघिल्ला ३ खेलमा जित निकालेको ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
समूह बि को ब्राजिल शीर्ष स्थानमा रहेको छ । इक्वेडर पनि ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्ने दाउमा रहेको छ । इक्वेडर ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।यसैबीच कोपा अन्तर्गतको अर्काे खेलमा भेनेजुएलाले पेरुको सामना गर्नेछ । यी दुबै टोली बीचको खेल पौन ३ बजे सुरु हुनेछ । भेनेजुएला २ अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर