हेलम्बुका बाढी प्रभावितलाई एक लाख सहयोग — OSNepal

हेलम्बुका बाढी प्रभावितलाई एक लाख सहयोग

LC (KTM) June 27, 2021 0

सिन्धुपाल्चोक, १३ असार- हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली सङ्घ जापान तोचिगि क्षेत्रीय समितिले रु एक लाख ११ हजार १११ रकम सहयोग गरेको छ । सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले जम्मा गर्नुभएको समितिका संयोजक मन्दीप क्षेत्रीले जानकारी दिनुभयो ।

यही असार १ को बाढीले प्रभावित भएका हेलम्बुबासीलाई यस सहयोगले केहि राहत हुने समितिको विश्वास रहेको छ । समितिले प्रकोपबाट मृ त्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ । असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृ त्यु भएको छ भने ४०० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर