पोखरा- विषालु च्याउ खाँदा पोखरामा एकै परिवारका ६ सहित ८ जना बिरामी भएका छन् । बिरामी हुनेमा पोखरा–३३ पुँडीका ४५ वर्षीय गोठे पुन, उनकी श्रीमती ४० वर्षीया लिला, १३ वर्षीय छोरा पूर्ण र तीन छोरीहरू १०, ८ र ६ वर्षका विनिता, अस्मिता र मायासहित ६ जना तथा सोही ठाउँका ५५ वर्षीय भिमबहादुर पुन र उनकी श्रीमती ५२ वर्षाीय गौमाया पुन रहेका छन् ।
बिरामी भएको सबैको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको बताइएको छ । धारापानी सामुदायिक वनबाट नाम नखुलेको च्याउ लगेर राति पकाएर खाएका पोखरा महानगरपालिका–३३ का स्थानीय एकैपटक बिरामी भएका हुन् ।