आइतबार थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, ३००७ जना निको — OSNepal

आइतबार थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, ३००७ जना निको

LC (KTM) June 27, 2021 0

काठमाडौं । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३००७ जना संक्रमणमुक्त भउका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकमा ४२४ जनामा संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना पुष्टि भएको मन्त्रालयले जनाउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर