बुढानिलकण्ठका वडाध्यक्ष सहित दर्जनौ व्यक्ति पक्राउ, कारण यस्तो — OSNepal

बुढानिलकण्ठका वडाध्यक्ष सहित दर्जनौ व्यक्ति पक्राउ, कारण यस्तो

LC (KTM) June 27, 2021 0

काठमाडौं । बूढानिलकण्ठ १२ का वडाध्यक्ष शम्भु भट्टराई पक्राउ परेका छन् । सडक विभागमै तालाबन्दी गर्न पुगेपछि शम्भु सहित केही स्थानियलाई प्रहरीले पक्राउ गरेको हो ।

सडक निर्माण अलपत्र परेको भन्दै आन्दोलनमा उत्रिएका वडाध्यक्ष केही स्थानिय लिएर सडक विभाग तालाबन्दी गर्न पुगेका गिए । अलपत्र परेको तेन्जिंग चोक९खरिबोट सडक नबनाइएपछि बबरमहलस्थित सडक विभाग पुगेका वडाअध्यक्ष शम्भु भट्टराईसहित दर्जनौंलाई प्रहरीले पक्राउ गरेको हो ।

वर्षौंदेखि निर्माण रोकिएर ठेकेदार नै सम्पर्कमा आएका छैनन् । सडक त्यसै अलपत्र परेको छ ।ठेकेदारलाई पटकपटक सम्पर्क गर्दा पनि कुनै सुनुवजाइ नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको अध्यक्ष भट्टराईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर