काठमाडौँ १३ असार । संसद विघटन सम्बन्धि मुद्धामा बहस गर्दै वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले संसद पुर्नस्थापना मात्रै होइन, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश पनि दिनुपर्ने बताएका छन् । आज अन्तिम दिन रिट निवेदकहरुको तर्फबाट बहस गर्दै अधिवक्ता खरेलले बहुमतको सांसदहरुको समर्थन पाएका देउवालाई प्रधानमन्त्रीको लागि अपनि आदेश दिनुपर्ने बताएका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहारका कारण पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश अनिवार्य छ’ खरेलले भने । बहसका क्रममा खरेलले ह्रिप उल्लघंन गरेर दिएको मतको मान्यता हुने भन्दै संविधानको यसको विषयमा कही कतै उल्लेख नभएको बताएका छन् ।
‘मत भनेको सांसदले दिने हो । ७६(२) होस् कि अरूमा । नत्र विश्वासको मतमा किन मत विभाजन गरिन्छ दलको नेताले विश्वास दिए भइहाल्थ्यो नि’ उनले भने ।
‘