काठमाडौँ १३ असार । संसद विघटन विरुद्ध परेको रिटमाथि बहस गर्दै संविधानविद् भीमार्जुन आचार्यले सांसदको अधिकार राष्ट्रपति र प्रधानमन्त्रीले छिन्न नसक्ने खावी गरेका छन् । आज संवैधानिक इजलासमा भएको बहसमा बोल्ने क्रममा आचार्यले यस्तो बताएका हुन् ।
संविधानको धारा ७६(५) को व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले दाबी गरेको जस्तो उल्लेख नभएको बताएका आचार्यले जनताको प्रतिनिधिको अधिकार राष्टपति र प्रधानमन्त्रीले छिन्न नसक्ने जनाएका हुन् ।
‘सार्वभौम संसद्लाई मात्र रहेको विश्वासको मत दिने वा नदिने अधिकार राष्ट्रपति वा प्रधानमन्त्रीले खोस्न सक्नुहुन्न ।’ आचार्यले भने ।