काठमाडौं ।
घनश्याम भूसालले त्रिभुज चुनाव चिह्न पाएका छन् ।
नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका भूसाललाई निर्वाचन कार्यक्रम अनुसार बुधबार निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको हो ।
त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिइएको हो । भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।
लामो सियदेखि नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालको समहुमा रहेर काम गरेता पनि माधव नेपाल फुटेर जाँदा समेत भुसाल एमालेमा नै बसेता पनि अहिले आएर अध्यक्ष केपी ओलीले टिकट नदिएपछि उनी स्वतन्त्र भएर चुनाव लड्ने तयारीमा छन् ।