महोत्तरी-मुलुक चुनावी रन्कोमा छ । जिल्लामै पनि चुनावका लागि राजनीतिक दल र उमेदवारको चहलपहल बढ्दो छ । तर, महोत्तरीका कुमाल जाति समुदाय यो रन्कोबाट बेखबर जस्तै बनेर दिवाली (तिहार) र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् ।
भर्खरै कसैगरी दसैँ पर्व टारेका कुमाल समुदायलाई अहिले दिवाली र छठको खर्चको जोहो गर्न माटाका भाँडा बनाउने व्यस्तताले छोपेको हो । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसँैंभन्दा तिहार र छठमा माटाका भाँडाको माग बढ्ने भएकाले दसँैं सकेलगत्तै कुमाल माटाका भाँडा बनाउन दिनरात नभनी जुटेका छन् । दिवाली (दिपावली, तिहार) र छठपर्वमा कलश, दियो, घडा (गाग्रो) र छ््याची (दही जमाउने भाँडा), तौला (माटोको डेक्ची) र ढकना (बिर्को)सहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीमा यस्ता भाँडाको माग बढ्ने गरेको छ । यसै बेलालाई आफ्नो कमाइको मुख्य समय ठानेर कुमाल समुदाय अहिले भाँडा बनाउन व्यस्त भएका हुन् ।
“दसैँमा त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर नै दसैँ टारियो”, जिल्लाको भङ्गाहा नगरपालिका–५ भुचक्रपुर कुमाल टोलका सीताराम पण्डित कुमालले भन्नुभयो, “दिपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो सीपको उत्पादन भाँडाको माग बढ्छ ।” दसैँपछिको तिहार र छठअघिको समय नै आपूmहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सीतारामको थप भनाइ छ ।
अन्यबेला खासै प्रयोगमा नआउने माटाका भाँडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिने भएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार लाग्ने गरेको देखिन्छ । दिवाली र छठपर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठपर्वमा सूर्यदेवलाई चढाइँने दही माटोकै छ््याचीमा जमाउन पर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाँडामा राख्नुपर्ने परम्पराले यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ । यसै परम्पराको अवसरमा दिपावली र छठअघि माटाका भाँडाको बजार जम्ने गरेको कुमाल बताउँनुहुन्छ ।
खासगरी कात्तिक कृष्णपक्ष सुरु हुनासाथ कुमाल समुदाय पर्व लक्षित भाँडा बनाउन व्यस्त हुने गर्छन् । दिवाली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले महोत्तरीका सबैजसो गाउँ÷नगर बस्तीका हटियामा माटाका भाँडाका छुट्टै बजार लाग्ने गरेको छ । साप्ताहिक हटिया (सातामा फरक–फरक स्थानमा लाग्ने हाटबजार) बाहेक नगर÷गाउँ बस्तीका चोक÷चोकमै कुमालले माटाका भाँडाको बजार लगाउन सुरु गरिसकेका बर्दिबास उद्योग वाणिज्य सङ्घका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद गौतम बताउनुहुन्छ ।
मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक÷सांस्कृतिक र धार्मिक मान्यताले दिवाली र छठपर्वमा यसको माग बढ्ने गरेको हो । कुमाल जाति दसँैं सकेर दिवाली, छठअघिको समयलाई किसानको मुख्य फसल धान थन्क्याउने मङ्सिरसँग तुलना गर्ने गर्छन् । भाँडा बिक्रीबाट हुने आम्दानीबाटै तिहार, छठ मनाइने, दसैँ मनाउदाको सरसापट तिर्ने र वर्षभरिका अन्य नगद खर्चको जोहो गरिने अहिले आपूmहरुको उपयुक्त अवसर भएको जिल्लाकै लोहारपट्टी–४ पिपराढी बस्तीको कुमाल टोलका रामप्रवोध पण्डित (कुमाल) बताउनुहुन्छ ।
विगतमा (केही दशकअघिसम्म) घरव्यवहार प्रयोजनमा बाक्लै माटाका भाँडा प्रयोग गरिने भए पनि अब दैनिक प्रयोजनमा यसको प्रयोग हुन छाडेकाले चाडपर्वका लागि मात्र माग हुने गरेको कुमाल बताउँनुहुन्छ । मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहेपनि त्यसयता प्लास्टिकका भाँडाको प्रयोग बढेकाले आपूmहरुको व्यवसाय चाडपर्व विशेषमा मात्रै चल्ने गरेको उनीहरुको भनाइ छ ।
अहिलेको कमाइले सालभरिको नगद खर्चको जोहो गर्नुपर्ने हुँदा भाँडा बनाउने कामले भ्याइनभ्याइ परेको जिल्लाकै मनराशिशवा नगरपालिकाको सहसराम बस्तीका रामशोभित पण्डित बताउनुहुन्छ । तिहार र छठपर्वका अवसरमा महोत्तरीमा मात्र १० लाखभन्दा बढीको माटाका भाँडाको कारोबार हुने गरेको महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीको अनुमान छ ।
यसपाली दसँैं सकिएलगत्तै जमेको माटाका भाँडाको बजार छठसम्म रहने भएकाले र मूल्यवृद्धिसमेत भएकाले यो पर्वभित्र १५ लाखभन्दा बढीको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहले बताउनुभयो ।
जिल्लाको लोहारपट्टी, भङ्गाहा र मनराशिशवा नगरपालिकाका केही बस्तीमा छुट्टै कुमाल टोल छन् । यी बाहेक जिल्लाका अन्य गाउँ÷नगर बस्तीमा भने छिटफुट रुपमा कुमाल छरिएर बसेका छन् । दिवालीमा आफ्नो पूख्र्यौली पेसाको परम्परा थाम्दै जिल्लाका सबैजसो गाउँ÷नगरबस्तीका घर–घरैजसो आफ्ना भाँडाको प्रचार, प्रबद्र्धन र बिक्रीमा कुमाल जुट्ने गरेका छन् ।