हालको अस्थिरता र संकट समाधानको सहज प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव : कमल थापा — OSNepal

हालको अस्थिरता र संकट समाधानको सहज प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव : कमल थापा

LC (KTM) June 27, 2021 0

काठमाडौँ १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रका अध्यक्ष कमल थापाले हालको अस्थिरता र संकट समाधानको सहज,प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव भएको बताएका छन् । अध्यक्ष थापाले आज ट्वीटर मार्फत प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन,बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका बताएका थापाले यस्तो दावी गरेका हुन् ।

उनले भनेका छन् , संविधानको धारा ७६९५०लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ। के संविधानको आशय त्यही होरु

थापाले लेखेका छन् , विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम छ।त्यस अवस्थामा संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ।के संविधानको आशय त्यही हो?

हालको अस्थिरता र संकट समाधानको सहज,प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव हो।
प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन,बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर