सागरले देउवालाई हराउलान् की हल्लाउन मात्रै सक्लान् ? — OSNepal

सागरले देउवालाई हराउलान् की हल्लाउन मात्रै सक्लान् ?

LC (KTM) October 11, 2022 0

काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन भनेर अहोरात्र खटिरहेका उम्मेद्धवार हुन् सागर ढकाल । ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ’ भन्दै पाँच वर्ष अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रश्न गरेर भाइरल बनेका उनै सागर अहिले अक्सफोर्डमा पढेर स्वदेश फर्किएर देउवा हराउ अभियानमा लागेका छन् । खासमा सागर गुल्मीका हुन् ।

मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको बताउने सागरले आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पूरै नयाँ’ अभियानसहित तीन वटा मुद्दा लिएर अगाडि बढेको बताए। शेरबहादुर देउवालाई आराम दिन आएको उनी बताउँछन्। केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगाएतलाई आराम दिन देशभरि युवा उठाउने अभियान सुरु गरेपनि ह्याभप्ीवेट नेता देउवालाई हराउन भने सागरलाई त्यति सजिलो छैन ।

२०४८ देखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका देउवा यसपटक अझ बढी सुरक्षित देखिएका छन् । डडेलधुरामा गत स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने डडेल्धुरामा कांग्रेस पहिलो दल हो । कांग्रेसले २१ हजार ७३५ मत पाउँदा १२ हजार ८७८ मत ल्याएर माओवादी केन्द्रले दोस्रो स्थानमा छ । एमालेले १० हजार ४४९ मत ल्याउँदा एकीकृत समाजवादीले ५ हजार ४१ मत पाएको छ । कांग्रेस बीपीले ३ हजार ६०४ मत पाउँदा राप्रपाले ७१४ र जनता समाजवादी पार्टीले १५६ मत पाएको छ । उसो त देउवालाई हराउन सागरले मात्रै चाहेका छैनन्

कांग्रेस (बीपी) बाटै कर्ण मल्ल देउवासँग चुनाव लड्दैछन् । एमालेको समर्थन पाएर पनि मल्लले देउवालाई हल्लाउन नसक्ने अवस्थाकाबिच सागरको के चल्ला डडेल्धुरामा ? स्थानीय तहको मतका आधारमा देउवालाई मल्ल र सागरले चुनौती दिने सम्भावना न्यून छ ।

‘अक्सफोर्ड विश्वविद्यालय पढेर फर्किएका सागर अहिले उनी कसैगरी देउवा हराउन लागेका छन् । यसै क्रममा उनले देउवा हराउन सकियोस् भन्ने मनोकामनासहित पूजा, उपवाससमेत सुरु गरेका छन् । सोमबार उनको उपवासको अन्तिम दिन हो । उपबास बसेर देउवालाई हराउन लागिपरेका सागरले देउवालाई कति हल्लाउन सक्लान् त्यो भने मंसिर दोस्रो साता नै थाहा लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर