आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार — OSNepal

आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

LC (KTM) October 10, 2022 0

काठमाडौँ:

नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज सुनको मूल्य छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार २ सय रुपैयाँ तोकिएको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य पनि प्रति तोला २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ।

आइतबार चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर